उपराष्ट्रपति निर्वाचनबारे प्रचारप्रसार, बैठक र सभा नगर्नू : आयोग

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधि सुरु भएकाले मत दिने वा नदिने निर्णय नगर्न आग्रह गरेको छ ।

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचन लागि प्रचारप्रसार निषेधका अवधिमा उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न ध्यानाकर्षण गराएको हो ।

मंगलबार रातिदेखि निर्वाचन मौन अवधि सुरु भइसकेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तर्क्रिया, सभा गर्न नपाइने उल्लेख छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =