चैत २ गते : कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?
२०७९ चैत २ गते

काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाको भनाइ छ ।
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








