राप्रपा निकट किसान संगठनद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ। सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानमा भारी मूल्यमा कटौती गर्ने निर्णयप्रति राप्रपा निकट किसान संगठन, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ ।

यही फागुन २६ गतेको कृषि तथा पशुपन्छी मन्त्रालयको विभागीय मन्त्रीस्तरको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

प्रदर्शनमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनका केन्द्रीय अध्यक्ष राममणि न्यौपाने, राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडा सहितका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

सरकारद्वारा गरिएको यस प्रकारको किसान मारा निर्णयले कृषि प्रधान देशको कृषि विकासमा अवरोध पुग्ने उनीहरूको आरोप छ । प्रदर्शनमा उनीहरूले सरकारी विरोधी नारा लगाउनुका साथै तत्काल निर्णय फिर्ता लिई समयमै किसानलाई मल बीउ उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *