लघुवित्त पीडितको काठमाडौँ केन्द्रित प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । लघुवित्त तथा मिटर ब्याज पीडितहरुले काठमाडौँ केन्द्रित प्रदर्शन गरेका छन् । प्रदर्शनमा ५० भन्दा धेरै जिल्लाका पीडितहरु सहभागी भएको उनीहरुले दाबी गरेका छन् ।

लघुवित्तले आफूहरुलाई लगाएको सामुहीक ऋण मिनाहा गर्नुपर्ने, किसानलाई  निर्ब्याजी ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।

लघुवित्त तथा मिटर ब्याज पीडितहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित माइतीघरमा प्रदर्शन गरेका हुन् ।

लघुवित्तले ग्रामीण महिला तथा किसानकाे जीविकाेपार्जन सुधार्न भन्दै लगानी गरेकाे ऋणले उठिबास लगाएकाे भन्दै उनीहरूले त्यसकाे विराेध गरेका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *