कलाकार संघको अध्यक्ष बन्न मोहन र रेजिना मैदानमा

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुने १९औं अधिवेशन तथा नयाँ कार्यसमिति चयनका लागि अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दिएका हुन् ।

शनिबार गरिएको मनोनय दर्तामा उपाध्यक्षमा सात जना, महासचिवमा पाँचजना, सचिवमा दुईजना, कोषाध्यक्षमा दुई जना, सह-कोषाध्यक्षमा दुईजना र सदस्यमा २६ जना गरी जम्मा ४६ जनाको उम्मेदवारी परेको छ । दुवैजना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रूपमा छन् । आफूले राम्रो काम गर्दै आएको दाबीसहित दुवैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षमा धनबहादुर बम्जन (डिबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उम्मेदवारी दिएका छन् । महासचिवमा उत्तम केसी, सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ र पनाह अधिकारीले उम्मेदवारी दिनुभएको छ भने सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिए । सदस्यमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेल, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान र बबिता ढकालले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरूले आजसम्म उम्मेदवारी फिर्ता लिन पाउने प्रावधान रहेको छ । निर्वाचन आगामी शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *