गठबन्धनबाट हाम्रो उम्मेदवार साझा हुनुहुने छ : सीके राउत
२०७९ फागुन २७ गते

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले १० दलको गठबन्धनबाट आफ्नो पार्टीकी उम्मेदवार ममता झाले नै उपराष्ट्रपति पाउने बताएका छन् ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत मिसिएको १० दलको गठबन्धनबाट हाल ३ जनाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन् ।
शनिबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष राउतले भने, ‘हाम्रो उम्मेदवार साझा हुन्छ भन्ने आशा छ । छलफलकै क्रममा छौँ । अन्तिम बटम लाइन भनेको मित्रवत् प्रतिस्पर्धा नै हो ।’
उपराष्ट्रपतिमा जसपाका तर्फबाट २ जना र जनमत पार्टीबाट १ गरी ३ जनाले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

२०७९ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित








