सुजुकीले ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

काठमाडौँ । नेपालका लागि सुजुकी ब्रान्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एक्सटिजेनले नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच यी दुवै गाडी बजार मूल्यसहित  सार्वजनिक गरिएको हाे । ‘द ग्राण्ड भिटारा’ सुजकीको प्रसिद्ध मोडेल हो भने यसको नयाँ संस्करणको ‘ग्राण्ड भिटारा’मा सुजकीको आफ्नै सुजुकी सिग्नेचर, क्राफ्टेड फ्युचुरिज्म डिजाइनको प्रयोग गरिएको छ जसले अरू भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गर्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार सुजकीको लेजेण्डरी एल ग्रिप टेक्नोलोजीले एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यस सेग्मेंटको पुराना र नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटाराले भारतीय बजारमै पहिलो पटक कम इन्धन खपत गर्ने फुल हाइब्रिड पावरट्रेन इन्जिन प्रयोग गरिएको छ । ‘भिटारा ब्रेजा’ नेपालकै सर्वाधिक बिक्री हुने एसयूभीको अर्काे मोडल हो । ब्रेजामा अत्यधिक प्रविधिहरूका साथै टेक्स्ट–जेनेरेसनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ ।

यस स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षाका सुविधाहरू प्रदान गर्दछ । कम्पनीले नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू भएको जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने बताएको छ । कम्पनीले निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई नयाँ एसयूभीले सुजकीको उपस्थितिलाई अझै मजबुद बनाउने विश्वास लिएको छ ।

सिजी होल्डिङ्सका कार्यकारी निर्देशक किरण चौधरीले भने– ‘पछिल्लाे समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसनहरू हो । जसका लागि एसयूभी उचित हुन सक्छन् । साथै ग्राहक वर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन् । सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा उपयुक्त हुन सक्छन् ।’

क्राफ्टेड फ्युचरिज्म डिजाइन भाषा, नयाँ नेक्स्टटिच प्रविधिहरू, नयाँ युगको पावर ट्रेनसँग र टेक्स्ट–जेन प्रविधिहरूजस्तै सुसज्जित, रंगिन हेड–अप डिस्प्ले, ३६० क्यामेरा वा वस्तु पत्ता लगाउने र गतिशील रिभर्स ग्रिड लाइनहरू, क्युआई प्रमाणित वायरलेस चार्जस एलईडी सूचक यसका प्रमुख आकर्षणहरू हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *