नवनिर्वाचित राष्ट्रपतिले सोमबारदेखि पद सम्हाल्ने

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार सकिने हुनाले पौडेलले सोमबारमात्रै शपथग्रहण गर्ने भएका हुन् ।

शपथग्रहण गरेपछि उनले पद सम्हाल्नेछन् । पौडेल बिहीबार ठूलो मतान्तरले मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । नौ दलीय गठबन्धनको साथ पाएका पौडेलले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई १८ हजार २ सय ८४ मतभारले पछि पार्दै राष्ट्रपति चुनिए ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे भने नेम्वाङले १५ हजार पाँच सय १८ मतभार पाएका छन् । कुल आठ सय ८२ मतमध्ये संघतर्फ तीन सय १३ र प्रदेश सभातर्फ पाँच सय १८ मत गरी आठ सय ३१ मत खसेको थियो । संघको मतभार ७९ रहेको छ भने प्रदेशको ४८ मतभार रहेको छ ।

पौडेलले संघतर्फ दुई सय १४ मत अर्थात् १६ हजार नौ सय ६ मतभार र प्रदेशतर्फ तीन सय ५२ मत अर्थात् १६ हजार आठ सय ९६ गरी कुल ३३ हजार आठ सय दुई मत प्राप्त गरेका हुन् । यो कुल मतभार ५२ हजार ६ सय २८ को ६४.२२ प्रतिशत हो । राष्ट्रपति निर्वाचित हुन तत्काल कायम रहेको मतभारको बहुमत अर्थात् २६ हजार तीन सय १५ मत आवश्यक थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =