राष्ट्रपति निर्वाचन : ८३१ सांसदले दिए मत, ५१ अनुपस्थित

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा ८३१ सांसदले मतदान गरेका छन् । निर्वाचनमा संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का ३ सय १३ जना र प्रदेशसभाका ५ सय १८ जना सांसदले मतदान गरेका हुन् ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार संघीय संसदका १९ जना र प्रदेश तर्फका ३२ जना संसद मतदानमा अनुपस्थित रहे ।

शर्माका अनुसार हाल मतदानको काम सकिएर मुचुल्का उठाउने काम भइरहेको छ । मुचुल्काको काम सकिए लगतै भोट गणना गर्ने सुरु हुने उनले बताइन् ।

उनले भनिन्, ‘७ बजेसम्ममा अन्तिम निर्वाचनको परिणाम दिने हाम्रो प्रयास छ । सायद सकिन्छ होला । निर्वाचन समयमा नै समापन भयो, नराम्रो केही भएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =