नेमकिपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी नेमकिपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।

नेमकिपाका प्रतिनिधि सभामा एक र बागमती प्रदेशमा तीन जना सांसद छन् ।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । हाल संसद भवनमा निर्वाचन भइरहेको छ ।

राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =