गायक राजेशपायल राईकी श्रीमती २६ वर्ष कान्छी, गरे विवाहदर्ता

२०७९ फागुन २४ गते

विवाह नै गुपचुपमा राखेका गायक राजेशपायल राईले विवाहदर्ता गरिसकेको खुलेको छ। उनले खोटाङकै एक युवतीसँग विवाह दर्ता गरिसकेको प्रमाणपत्र सार्वजनिक भएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रमाणपत्र अनुसार उनले खोटाङको जन्तेढुंगा ३ की साङ्गबुङ्ग राईसँग विवाह गरेका हुन्। राजेशपायलको पुर्खौली घर खोटाङको दिक्तेल नगरपालिकाको बुईपा हो। हाल उनीहरु काठमाडौं महानगरपालिका ३१ मा बस्दै आएका छन्।
उनले काठमाडौंबाटै विवाहदर्ता गरेका हुन्। राजेशपायल राईले आफूभन्दा आधाबढी कान्छी युवतीसँग विवाह गरेका छन्। राजेशपायल ४७ वर्षका भए। तर उनले २१ वर्षीया साङ्गबुङ्गसँग विवाह गरेका हुन्।
उनीहरुका एक छोरा समेत छन्। त्यतिहुँदा पनि विवाह बारे सार्वजनिक रुपमा नखुलेका राजेशपायलले गत मंसिर २६ गते नै विवाह गरेको खुलेको छ।

२०७९ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित