नारी दिवसमा पूर्वबैंकर रविना भन्छिन्– ‘हाम्रो शरीर, हाम्रै मर्जी’

काठमाडौँ । पूर्वबैंकर रविना देशराजले अन्तर्राष्ट्रिय नारी दिवसका दिने सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्बिरहरु सार्वजनिक गरेकी छन् ।

यतिबेला मुम्बईमा रहेकी रविनाले तस्बिरसहित आफ्नो विचार समेत सार्वजनिक गरेकी छन् ।

सेलिब्रेटी बैंकरकाे छवि बनाएकी उनले संसारका नारीहरुका नाममा समर्पित गर्दै उनले लेखेकी छन्– ‘हाम्रो शरीर हाम्रो हो, जोभित्र हामी बाँचेका छौँ । यसलाई हामी कति देखाउन चाहन्छौँ, त्यो केवल हाम्रै निर्णय हो । म ‘तपाईं के भन्नुहुन्छ’मा सरोकार राख्दिनँ ।

उनले महिला आमा, साथी, प्रेमिका, दिदीबहिनी, काकी र हजुरआमा हुने भन्दै थपेकी छिन्, ‘उनी (महिला) को हो भनेर जान्न पर्याप्त बाँचिरहेकी छिन्…’ एक महिलाई उसकाे चाहनाअनुसार खेल्न, नाच्न, खुसीमा उफ्रिन, नाच्न, जिउन स्वतन्त्र रूपमा दिनुपर्ने विचार समेत उनले व्यक्त गरेकी छन् ।

केहीसमयअघि मेगा बैंकको कायममुकायम सीईओ पदबाट उनले राजीनामा दिएकी थिइन् । त्यसअघि उनी नविल बैंकमा कार्यरत थिइन् ।

उनले आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेको तस्बिरहरु समेत सार्वजनिक गरेकी थिइन् ।

यस्ताे छ उनकाे पाेष्ट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *