छिमेकीको कुटपिटबाट गगनबहादुरको मृत्यु

दैलेख । दैलेखमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । छिमेकी युवाहरूको कुटपिटबाट दैलेखको नारायण नगरपालिका-११ विन्ध्यवासिनीका ५३ वर्षीय गगनबहादुर विकको मृत्यु भएका हो ।

छिमेकीका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन खोज्दा गगनबहादुर माथि जाई लागेर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएका बताइएको छ । गगनबहादुरलाई कसैले कुटपिट गरेका भन्ने जानकारीका आधारमा घटनास्थल पुगेर प्रहरीले घाइते अवस्थामा फेला पारेको र उपचारका लागि दैलेख अस्पताल पुर्‍याएपछि मृत्यु भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए ।

विन्ध्यवासिनीको भन्भने पुल नजिकै आफ्नो घट्टमा काम गर्दै गरेका विकलाई छिमेकी २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढाले कुटपिट गरेर मसानघाट लोहोरे खोला फाल्न खोजेको बेला स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।

घटनामा संलग्न आरोपितहरूको खोजी भइरहेको र घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *