सिड्नीबाट सुदूरको भाका : श्रृंखलाले ल्याइन् ‘सिड्नी झाने रेल…’ (भिडिओ)

काठमाडौँ । गायिका श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ अहिले चर्चामा छ । सुदूरपश्चिमको देउडा भाकामा गाइएको यो गीतमा अस्ट्रेलियाको राजधानी सिड्नीमा खिचिएको हो ।

भिडियोमा श्रृंखलाको गायनसँगै अभिनय पनि देख्न सकिन्छ । अस्ट्रेलिया दिनदैनिकी समेटिएको भिडियोमा रेल र सिड्नी बजारका झलक देख्न पाइन्छ । श्रृंखला जोशी युट्युब च्यानलबाट दुई साताअघि रिलिज गरिएको सोही भिडियो हालसम्म २ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

रमन झाले निर्देशन गरेको उक्त गीतमा भूपेन्द्र सिंह र पूर्णिमा सिंह शाहीले अभिनय गरेका छन् । ‘सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पुर्‍याए ।’ उनले भनिन्,‘सिड्नीमा पनि सुदूरको झ-झल्को आउने गरी पश्चिमेली देखेपछि सिड्नीको रेल ल्याउन तल्लीन भए ।’

सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीको पुरानो गीत गीतलाई नै छोरी श्रृंखलाले नयाँ बनाएर गाएकी हुन् । नयाँ शैली र शब्द संयोजन गरेर ल्याएको आफ्नाे गीतले देउडालाई थप परिचित गराएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *