यस्तो छ राष्ट्रपति निर्वाचनको नमुना मतपत्र
२०७९ फागुन १९ गते

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमुना मतपत्र निर्माण गरेको छ ।
जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरूको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरूको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








