शिल्पीमा ‘विमोक्ष’ (तस्बिरहरू)

काठमाडौँ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा शिल्पी नाट्य समूहका निर्देशक युवराज घिमिरेले लेखेको नाटक ‘विमोक्ष’को मञ्चन शुरु भएको छ । प्रवीण खतिवडाको परिकल्पना र निर्देशनमा तयार भएको नाटक ‘विमोक्ष’ यही फागुन १७ गतेदेखि मञ्चन शुरु भएको हो ।

जातीय विभेदका कारण एक दलितले भोग्नुपरेको पीडालाई नाटकमा प्रस्तुत गर्न खोजिएको छ । साँचो प्रेम, यसको सम्बन्ध अनि प्रेममा हुने यौन सम्बन्धको बारे नाटक ‘विमोक्ष’मा प्रस्तुत गरिएको छ ।

जातकै कारण थर फेरेर कोठा खोज्नु पर्ने एक दलितको बाध्यता अनि श्रीमान् गुमाएकी घरानियाँ घरभेटी ‘आन्टी’सँगको मायाप्रेम र यौन सम्बन्धलाई नाटकमा चित्रण गरिएको छ ।

जातीय विभेद र प्रेमको बयान गरिएको नाटक ‘विमोक्ष’मा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामीलगायतका कलाकारले अभिनय गरेका छन् । नाटक मंगलबारबाहेक चैत्र १८ गतेसम्म हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुने शिल्पीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *