प्रचण्डको नेतृत्वमा नै सरकार अघि बढ्छ : उपसभापति खड्का

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले प्रधानमन्त्री पुष्प कमल दाहाल ुप्रचण्डुको नेतृत्वमा नै सरकार अगाडि बढ्ने बताएका छन् ।
बुधबार गृहजिल्ला सुर्खेत आएका नेपाली काँग्रेसका उपसभापति खड्काले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ुप्रचण्डुको नेतृत्वमा नै सरकार अगाडि बढ्ने बताएका हुन् ।
काँग्रेसलाई राष्ट्रपति दिने प्रचण्डको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी ओलीले अस्वीकार गरेपछि एमाले र माओवादीमा दरार आएको बताउँदै उनले भने, ‘प्रचण्डलाई नेपाली काँग्रेसले विश्वासको मत दिएको दिनदेखि नै प्रचण्ड राष्ट्रिय सहमतिको बाटो अगाडि बढेका थिए । ठुलो दल काँग्रेसलाई राष्ट्रपति दिनुपर्छ भन्ने प्रचण्डको प्रस्ताव एमालेले स्वीकार नगरेपछि यो परिस्थिति सिर्जना भएको हो । एमालेले प्रचण्डको प्रस्ताव अस्वीकार गरेपछि ८ दलको निर्णय अनुसार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायौँ ।’
यस्तै उनले काँग्रेस सरकारमा जाँदा पनि आफू मन्त्री नबन्ने बताएका छन् । आजभन्दा ७ वर्ष अगाडि नै मन्त्री नबन्ने घोषणा गरिसकेको स्मरण गराउँदै उनले मन्त्री नबन्ने र त्यहाँभन्दा माथि  जनता र भगवानको भरोसामा छोडेको पनि बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *