सुदूरपश्चिम : २१ फागुनमा विश्वासको मत लिने मुख्यमन्त्री शाहकाे तयारी

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले २१ फागुनमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । मंगलबार एमाले र राप्रपाबाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा भएको छलफलपछि २१ फागुनमा विश्वासको मत लिने तयारी सुरु गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने प्रतिबद्धता जनाएका छन् । केन्द्रमा बनेको नयाँ सत्ता समिकरणलाई आधार मान्ने हो भने कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद गरी ४१ अर्थात् दुईहिहाइ समर्थन पाउने देखिएको छ । हाल कर्णालीको प्रदेशसभा ५३ सदस्यीय छ ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनको मुख्यमन्त्री पद गुमेको थियो । त्यसपछि शाह मुख्यमन्त्री बनेका हुन् । शाहलाई भने नाउपाले विश्वासको मत दिने बताएको छ । सरकारमा सहभागी दलहरुलाई मन्त्रालय बाडँफाँटको टुंगो समेत लागि सकेको छैन । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारीमा शाह रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *