साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ : आरजु राणा
२०७९ फागुन १६ गते

काठमाडौँ । सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख छिद्र रहेको बताएकी छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले यो खबर आफूले पाएको बताएकी छन् ।
मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्या कथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताएकी हुन् ।
उनले भनिन् ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ, ।’
उनले थपिन, ‘साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








