सूर्य थापाले मागे प्रधानमन्त्रीको राजीनामा
२०७९ फागुन १६ गते

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्री हुनका लागि १३८ जना सांसदको समर्थन निरन्तर हुनुपर्ने बताउँदै उनले अब ७९ जना सांसदको मात्र समर्थन रहेको दाबी गरे । ‘नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ?’, थापाले भनेका छन्, ‘एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला । र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि ?’
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








