पलको स्वागतमा उर्लिए समर्थक

काठमाडाैँ । अभिनेता पल शाहको स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको छ । बालयौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर रिहा हुन लागेका उनलाई स्वागत गर्न समर्थकहरुकाे भीड लागेको हो ।

समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले आज रिहा हुने जानकारी दिएका थिए ।

आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएकाले शाह आज रिहा हुन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *