पल शाह आज रिहा हुने

पोखरा । ठ्याक्कै १ वर्षअघि फागुन १५ गते प्रहरी समक्ष आत्मसमर्पण गरेर हिरासत हुँदै जेलसम्म पुगेका अभिनेता पल शाह आज रिहा हुँदैछन् । उच्च अदालत पोखराले उनीमाथि लागेको आरोपमा दाबी नपुग्ने भन्दै रिहाइको फैसला सुनाएको छ ।

शाह विरुद्ध तनहुँ र नवलपुर प्रहरीमा बालिका बलात्कार आरोपमा मुद्दा थियो । तनहुँ अदालतले उनीमाथि लागेको आरोप झुटाे भएको भन्दै निर्दोष रहेको फैसला यसअघि नै सुनाइसकेको छ भने नवलपुरले बलात्कार मुद्दामा सफाइ दिएपनि बाल यौन दुराचार मुद्दामा साढे २ वर्ष कैद सजाएँ सुनाएको थियो ।

पलले नवलपुर अदालतको फैसला विरुद्ध पनि उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए । उनको पुनरावेदनमाथि सुनुवाइपछि कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई रिहाइको फैसला सुनाएको हो ।

फैसलासँगै शाह आज तनहुँ कारागारबाट जेलमुक्त हुँदै छन् । शाहका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार शाहले सबै मुद्दामा सफाइ पाएका छन् । प्रक्रिया पूरा गरेर आज रिहा हुने र सीधै काठमाडौँ जाने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *