भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई जेल सजाएको व्यवस्था गर्नुपर्छ : प्रेम सुवाल

सुर्खेत । प्रतिनिधिसभा सांसद प्रेम सुवालले भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई जेल सजाएको व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिवसमेत रहेका सुवालले पार्टीले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।

उनले राष्ट्र«पति उम्मेदवारले नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती बन्द गर्ने, नेपाललाई भारतीय सुरक्षा छातामा राख्ने सन् १९५० को असमान सन्धि खारेज गर्ने, भारतले अतिक्रमण गरेका नेपाली भूमि, फिर्ता लिने, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गर्ने प्रतिबद्धता गर्नुपर्ने आवश्यकता भएको औँल्याएका छन् ।

नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, लिम्पियाधुरामा राजनीतिक र प्रशासनिक उपस्थिति गराउने प्रतिविद्धतासमेत राष्ट्र«पतिका उम्मेदवारबाट हुनुपर्ने सुवालको धारणा छ । उनले युक्रेनमा रुसविरुद्ध अमेरिकाको युद्धमा नेपालले अमेरिकाको पक्षमा मतदान गरेको फिर्ता लिने प्रतिबद्धता पनि राष्ट्रपति उम्मेदवारबाट आउनु पर्ने आवश्यकता औँल्याए ।

‘भारत, पाकिस्तान लगायतका देशमा भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत जेल सजाय हुन्छ । हाम्रो देशमा पनि भ्रष्टाचार गर्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई जेल सजाएको व्यवस्था गर्नुपर्छ,’ उनले भने । देशमै रासायनिक मल कारखाना खोले मात्र नेपाली किसानको सेवा हुने र मल खरिदमा कमिसन खाने सरकारहरूले मल कारखाना नखोलेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *