भीम रावलको सूचना- ५ दलीय गठबन्धन ब्युँतिनसक्छ

सुर्खेत । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर शीर्ष दलका नेताहरू दिनदिनै बैठकमा बस्नु औचित्यहीन भएको बताएका छन् । शुक्रबार सुर्खेत आएका नेता रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

देशका प्रधानमन्त्री लगायतका व्यक्तिहरू राष्ट्रपति निर्वाचनलाई लिएर बैठकमाथि बैठक गर्दा देश आर्थिक संकटमा गएको र यसले झन् उग्र रूप लिने बताए । उनले देशको राष्ट्रपतिको निर्वाचनमा विदेशी हस्तक्षेप बढेको संकेत गरे । राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेश राजदूतसँग भेटघाट बढाउनु देशको राष्ट्रियतामा गम्भीर संकट भएको नेता रावलको भनाई छ ।

उनले राष्ट्रपतिको निर्वाचनमा चुनाव अघिको पुरानो पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने बताएका छन् । पछिल्लो समयको राजनीतिक अवस्थाले पाँच दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा ब्युँतिनसक्ने नेता रावलले संकेत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *