पोखराका व्यवसायी बैंक विरुद्द सडकमा

पोखरा । पोखरा र लेखनाथका व्यवसायी बैंक तथा वित्तीय संस्था विरुद्द सडकमा झरेका छन् । बैंकहरुले अनावश्यक रुपमा टर्चर दिएको र कर्जा भुक्तानीका लागि धरपकड गरेको भन्दै आन्दोलित भएका हुन् । पोखरा उद्योग बाणिज्य संघको आयोजानमा बिहीबार व्यवसायीहरुले चिप्लेढुंगामा सडक प्रदर्शनी गरे ।

सडक आन्दोलनमा उद्योग बाणिज्य संघमा आवद्द १ सय ४९ वटा विभिन्न संघ संस्थाले ऐक्यवद्दता जनाए । बैंकहरुले कर्जा तालिका तुरुन्त संशोधन गर्नुपर्ने र व्यवसायीलाइ राहत दिनुपर्ने अध्यक्ष पवन प्रजापतीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *