कालिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत । कालिकोटमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ । मुगुबाट ग्यास सिलिन्डर बोकेर सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०३५६ नम्बरको मिनी ट्रक बिहीबार बिहान १ः१५ बजे तिलागुफा नगरपालिका–५ स्थित धनाडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक घाइते भएका छन् । दुर्घटनामा चालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पाल्तडाका २८ वर्षीय छविप्रसाद चौलागाईंको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) मा मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते सोही ठाउँका १८ वर्षीय सहचालक दिनेश शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सुवराज बमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *