प्रहरी जवान कवीन्द्रले आफैलाई गोली हाने

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन् ।

बिहीबार बिहान २ः५६ को समयमा कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका अन्दाजी २६ वर्षीय कवीन्द्र विकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सुनारले जानकारी दिइन् ।

दार्चुलाको अपि नगरपालिका ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका बिक बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोस्टको डिउटीमा खटिएका थिए ।

यस्तै, उनका अनुसार घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको र अहिले शवको पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *