लघुवित्त समस्या समाधानका ५ उपाय : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले लघुवित्तका ऋणीको समस्या समाधान गर्न ५ वटा उपयाय सुझाएका छन् । प्रतिनिधि सभा सदंसदमा बोल्दै सांसद थापाले ती उपाय सुझाएका हुन् । उनले भने, ‘अति न्युन आए भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भनेको कैयन लघुवित्त संस्थाको कारणले गर्दा गरिबहरु थला पर्न बाध्य भएका छन् ।’

यस्ता छन् थापाले सुझाएका ५ उपाय

१. साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फण्ड होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने ।

२. बदनीयतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने ।

३. एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने ।

४. सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने ।

५. वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *