पोखरामा आजदेखि सूर्य नेपाल गल्फ प्रतियोगिता

पोखरा । पोखरामा आजदेखि सूर्य नेपाल गल्फ प्रतियोगिता हुँदैछ । हिमालयन गल्फ कोर्समा गल्फ टुर २०२२–२३ को चौथो प्रतियोगिता तथा सूर्य नेपाल वेस्टर्न ओपनको २३ औँ संस्करण हुन लागेको हो ।

प्रतियोगितामा ३ दिनसम्म नेपालका शीर्ष खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर गरी ४५ जना प्रतियोगिहरुको सहभागिता हुने आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।

खेलबाट उत्कृष्ट २१ प्रोफेसनल र ६ जना एमेच्योर खेलाडीले अन्तिम १८ होलका लागि कट बनाउने छन् । प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुनेले ६७ हजार पुरस्कार पाउने छन् । यस्तै, शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजक संस्थाका महासचिव दीपक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *