डा. चन्द्र भण्डारीको स्वास्थ्य अपडेट- गर्न थाले दोहोरो संवाद, पेनकिलर दिन छोडियो

काठमाडौँ । ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । मंगलरबारदेखि उनी दोहोरो संवाद गर्न थालेका हुन् ।

भारतको मुम्बईस्थित नेसनल वर्न सेन्टरमा उपचाररत भण्डारीसँग मंगलबार पहिलोपटक दोहोरो संवाद भएको कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । ‘भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ उनले भने ।

उनले आफूलाई देखेर बोलाएको बताए । ‘म डाक्टरसँग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आऊ भनी चिच्याई राख्नु भएको थियो । यहाँ मसँग आएर बस मेरो मास्क हटाउन लगाऊ, हात खुट्टाको पट्टी हटाउन लगाऊ भन्दै हुनु हुन्थ्यो,’ कँडेलले अगाडि भनेका छन्, ‘मैले किन आज यस्तो उहाँमा छटपटाहट छ त ? भन्दा डाक्टरले भन्नु भयो आज डे«सिंग चेन्ज गरेको कारण उहाँलाई दुखी रहेको छ । सधैँ ‘पेन किलर’ नदिने भनेर आज दिएका छैनौ भन्दै थिए ।’

स्वास्थ्यका सबै पारामिटरहरु सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको पनि उनले उल्लेख गरेका छन् । ‘चिन्ता गर्नु पर्ने कुनै विषय छैन तर घाउहरू निको हुन समय लाग्छ । सबै ठिक छ, आँखाहरू टाठा छन् साथै छिटो सन्चो हुने आत्मबल देखिन्छ,’ कँडेलले भने ।

शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ भने आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =