ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणको घोषणा

काठमाडौँ । गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणको घोषणा गरिएको छ । निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टको संयुक्त आयोजनामा ग्यालेक्सिी एक्सिलेन्स अवार्ड आयोजना गरिने भएको हो ।

निकिला मिडिया नेटवर्कले करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यो अवार्ड गत वर्षदेखि आयोजना गर्न थालिएको हो ।

समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज, स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेसाकर्मीहरुलाई सम्मान गरिने आयोजकको भनाई छ । आगामी चैत १७ आयोजना गरिने अवार्ड कार्यक्रममा ३५ विधामा अवार्ड वितरण गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *