कर्णालीलाई समृद्ध नबनाई देश समृद्ध हुँदैन : विश्वप्रकाश शर्मा

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि नहुने बताएका छन् । आइतबार सुर्खेत पार्टी कार्यालयमा बोल्दै उनले नेपाल देश चिन्नका लागि कर्णालीमा पैदल हिँड्नुपर्ने बताएका हुन् ।

कर्णाली ज्ञानको विश्वविद्यालय भएको बताउँदै उने भने, ‘संसद् भवनमा बोल्दै गर्दा कर्णालीलाई बिर्सेको छैन । कर्णाली बुझ्न कर्णालीको पैदल यात्रा गर्नुपर्छ ।’ यस्तै उनले कर्णाली आफ्नै खुट्टामा उभिन सकेमात्र समुन्नत देश निर्माण हुने पनि बताए ।

समाजका धेरै मान्छेहरूमा असन्तुष्टि बढिरहेको र वर्तमान सत्ता समीकरण धेरै नटिक्ने साथै काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने उनले दाबी समेत गरे ।

प्रतिक्रिया

One thought on “कर्णालीलाई समृद्ध नबनाई देश समृद्ध हुँदैन : विश्वप्रकाश शर्मा

  1. विकास को बजेट पुर्व तिर, भाषणको बजेट पश्चिम तिर
    गजब छ नेताज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *