केन्याली धावक स्टेफनले जिते पोखरा म्याराथनको उपाधि

काठमाडौँ । १७ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । ४२ किलोमिटरको दूरी २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पूरा गर्दै उनी च्याम्पियन बनेका हुन् ।

उनी लगातार दोस्रो पटक विजयी भएका हुन् । १६ औं संस्करण पनि उनैले जितेका थिए ।  म्याराथनको अन्तर्राष्ट्रिय संस्था एसोसियसन अफ इन्टरनेशनल एन्ड रेसेसमा सूचीकृत भएपछि गरिएको प्रतिस्पर्धामा उनले ५ लाख नगद पाउनेछन् ।

खुलातर्फ दोस्रोले ३ र तेस्रो हुनेले २ लाख पाउनेछन् । प्रतियोगितामा पुरस्कारसहित ९३ लाख खर्च हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *