महिलातर्फको हाफ म्याराथनमा राजपुरा पछाई विजयी

पोखरा । कास्कीमा सुरु भएको १७औं अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाई विजयी भएकी छन् । उनले १ घण्टा २३ मिनेटमा दूरी पार गरेकी हुन् ।

म्याराथनमा सबै विधामा गरी ८ हजारभन्दा बढीको सहभागिता रहेको आयोजक भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । प्रतिस्पर्धामा खुलातर्फ पहिलो हुनेले ५ लाख नगद पाउने छ । खुलातर्फ दोस्रोले ३ र तेस्रो हुनेले २ लाख पाउनेछन् ।

म्याराथनमा ८ वटा विधामा एकैदिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरस्कारसहित ९३ लाख खर्च हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *