यातायात मजदुरको आन्दोलनका क्रममा ८ करोडभन्दा बढीको मोबाइल लुटिएको दाबी

काठमाडौँ । यातायात मजुदुरले सोमबार नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रमा गरेको आन्दोलनको क्रममा मोबाइल पसलहरुमा लुटपाट समेत भएको छ ।

मजदुरहरुले प्रर्दशनसहित आन्दोलन गर्ने क्रममा सोमबार साँझ नयाँ बसपार्कको ल्होत्से मलमा एक हुल आन्दोलनकर्ता प्रवेश गरी पसलहरु तोडफोड गरेर मोबाइल लुटेको मोबाइल नेपाल मोबाइल ब्यवसायी संघले दाबी गरेको छ । उक्त क्रममा यातायात मजदुरले ८ देखि १० करोड रुपैयाँसम्मको मोबाइलमा क्षति पुर¥याएको तथा लुटपाट गरेको संघको दाबी छ ।

उक्त लुटपाटको सिसिटिभी फुटेजहरु समेत सार्वजनिक भएका छन् । उक्त फुटेजहरु हेर्दा मोबाइल पसल खोलेर लुटपाट गरेको देखिएको छ । यसबार प्रहरीले अनुसन्धान गरिरहेको छ । मोबाइल व्यवसायीले संघले भने आज पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी गराउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *