भायानेटको नयाँ शाखा अब उर्लाबारीमा

उर्लाबारी (मोरङ)। उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन मोरङ जिल्लाको उर्लाबारीमा नयाँ शाखा विस्तार गरेको छ । भायानेटका योजनाबाट अब उर्लाबारीका सर्वसाधारण पनि लाभान्वित हुने कम्पनीले जनाएके छ । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

कम्पनीका अनुसार उर्लाबारीमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा विषेश ओपेनिङ अफर उपलब्ध गराएको छ । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो । सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१ : २०१५ प्रामाणिक कम्पनी हो ।

भायनेटले आफ्ना ग्राहकलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभर विस्तार गर्ने क्रममा रहेको कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *