बालाजु–बसुन्धारा सडकमा बस तेर्स्याएर यातायात मजुदरको प्रदर्शन

काठमाडौँ । यातायात मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात मजदुरहरुले काठमाडौंको बसुन्धारा–बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।

यातायात मजदुरहरुले सडकमा सार्वजनिक यातायात तेर्साएर विरोध प्रदर्शन गरेका हुन् । सवारी व्यवस्थापनको विषयलाई लिएर यातायात मजदुरहरुको प्रदर्शनका कारण सो क्षेत्रको यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसअघि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *