बजेटको अर्थवार्षिक समीक्षा

बजेटको आकार साढे २ खर्बले घट्यो, ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा नहुने

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएको छ ।

बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । चालु खर्चहरुमा भारी मात्रामा कटौती गरेको र अनावश्यक खर्च घटाएर बजेटको आकार कम गरिएको बताएका छन् । यसअघि यस आर्थिक वर्षका लागि सरकारले १७ अर्ब ९३ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

त्यस्तै सरकारले यसअघि राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि प्राप्त गर्न नसकिने उनले बताए । पर्यटन लयमा फर्किएको र धानको उत्पादन केही बढेको भए पनि औद्योगिक क्षेत्र पूर्ण क्षमतामा चल्न नसकेकोले उक्त लक्ष्य पूरा नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *