क्यान इन्फोटेक एक्सपो : डिस्काउन्ट र बोनसद्वारा ग्राहक आकर्षित गर्दै कम्पनी

काठमाडौँ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा कम्पनीले ग्राहकलाई विशेष छुट र सुविधा दिइरहेका छन् ।

ग्राहकहरूले उक्त प्रदर्शनीमा छुट र भौतिक सुविधा मात्र नभएर सूचना प्रविधि क्षेत्रमा भएका विकास तथा प्रयोगबारे जानकारी लिने विशेष थलो हुने क्यान महासंघले जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरू पनि सहभागी भएका छन् । ती कम्पनीले विशेष सुविधा र छुटसहित आफ्नो ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

आइएमई पे
आइएमई पेका प्रतिनिधि बमबेश अधिकारीले क्यान इन्फोटेकमा ग्राहकहरूका लागि राम्रो अफर रहेका बताएका छन् । उनका अनुसार उक्त अफर ‘भिजा कार्ड’ र ‘बोनस’ हो ।

आइएमई पेले भिजा कार्ड सार्वजनिक गरेको छ । आइएमई पेले आफ्ना ग्राहकका लागि भिजा कार्ड लागि निःशुल्क गरेको छ । आइएमई पे समूहले भिजा कार्ड नभएका ग्राहकलाई पनि एप डाउनलोड गराएर निःशुल्क भिजा कार्ड वितरण गरिरहेको छ । अधिकारी भन्छन्,‘ क्यानमा भएको हाम्रो विशेष आकर्षक फ्री भिजा कार्ड हो ।’

उनका अनुसार उक्त भिजा कार्डले महिनामा २५ हजार रुपैयाँ बिना शुल्क एटिएमबाट झिक्न सकिन्छ । यदी कुनै पनि पस मेसिनमा स्वाइब गरेर प्रयोग गरे २ लाख नेपाली रुपैयाँ पस मेसिनबाट तिर्न सकिन्छ । उही भिजा कार्डमा २ चोटिसम्म निःशुल्क सेवा दिइएको उनले बताए ।

आइएमई पे कम्पनीले ग्राहकलाई दुई दिनमा ५ हजार भिजाकार्ड वितरण गरिसकेको छ ।

सिजी डिजिटल कम्पनी
क्यान महासंघले आयोजना गरेको यो सूचना प्रविधि प्रदर्शनी मेलामा सिजी डिजिटल कम्पनीले पनि सहभागिता जनाएको छ । सिजी कम्पनीले प्रदर्शनमा रहेका सबै प्रडक्टहरूमा २० प्रतिशत डिस्काउन्ट गरेको छ । सिजी कम्पनीका प्रतिनिधि सुस्मिता मूस्याखोका अनुसार क्यानमा आउने ग्राहकहरूलाई फ्री इन्सटलेसन र फ्री डेलिभरीको सुविधा रहेको छ ।

मर्कन्टाइल एसर
सूचना प्रविधि प्रदर्शनीमा भएको मर्कन्टाइल एसरले पनि ग्राहकलाई सामान खरिदमा विशेष छुट दिएको छ । मर्कन्टाइल एसर कम्पनीका प्रतिनिधि बबिता तिमल्सिनाका अनुसार क्यान प्रदर्शनी अवधिभर मर्कन्टाइल एसरले जुनसुकै सामानको खरिदमा १७ प्रतिशत छुट दिएको छ । क्यानमा सामान खरिद गरेमा अन्य समयभन्दा सस्तो पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *