वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

काठमाडौँ । वृज सिमेन्टले प्रायोजन गरेको राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिताको तेह्रो संस्करण सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा २० माघबाट उक्त ३ दिने प्रदर्शनी सुरु भएको थियो ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रर्दशनीमा नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापनको अवसरमा प्रतियोगिताका विजेता र उपविजेता विद्यार्थीलाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले ‘वृज सिमेन्ट ट्रफी’ प्रदान गरेका थिए ।

कार्यक्रम सिभिल इन्जिनियर विधार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पस पुल्चोकले आयोजना गरेका हुन् ।

वृज सिमेन्टले विगत ९ वर्षदेखि प्रदर्शनी तथा प्रतियोगिताको प्रायोजन गर्दै आएको छ ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रालि केडिया अर्गनाईजेशनअन्तर्गत एउटा प्रभाग हो ।

यो कम्पनीको उत्पादन प्लान्ट भैरहवा–लुम्विनी (रुपन्देही) मा रहेको छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पिपिसी), ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पिएससी) सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनले देशको अधिकाशं स्थानमा वृज सिमेन्टको माग भइरहेको छ ।

नेपाली सिभिल इन्जिनियरिङअन्तर्गतका निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ । त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको छ ।

वृज सिमेन्ट कम्पनीले नेपालको प्राविधिक तथा सामाजिक क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) बहन कार्यक्रम अन्तर्गत महत्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *