स्वतन्त्र सांसद कलवार : एमाले छिरेकाे एक महिनापछि नै जसपामा प्रवेश

जनकपुरधाम । दल बदलको अत्यधिक खेल हुने मधेस प्रदेशमा एक सांसदले एक महिना नबित्दै एक पार्टी त्यागेर अर्को पार्टीमा प्रवेश गरेका छन् । एक महिना नबित्दै अर्को पार्टीमा प्रवेश गर्ने प्रदेश सांसद हुन शंकर कलवार ।

बारा क्षेत्र नम्बर ३ को ‘क’ बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित कलवार एक महिनाअघि नेकपा एमाले प्रवेश गरेका थिए । काठमाडौँस्थित बालकोट पुगेर उनी २६ पुसमा एमाले पुगेका थिए ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए । उनै कलवार आइतबार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । कलबारलाई जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादव र मधेसका अर्थमन्त्री सञ्जय यादवले जसपा प्रवेश गराएका हुन् ।

कलवार ०७४ मा उपेन्द्र यादवको पार्टीबाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर ०७९ मा उपेन्द्र यादवको पार्टी जसपाले उनलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए ।

जसपाले चुनावमा अयोग्य ठानेका कलवार पुनः पुरानै पार्टीमा फर्केका छन् । उनलाई मन्त्री बनाउने लोभमा पार्टी प्रवेश गराएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *