नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नेपाल प्रथम गभर्नर  हिमालय शमशेर राणाको निधन भएको छ । नेपालकै नेपालकै प्रथम अर्थ सचिवसमेत बनेका राणाको ९५ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२००७ सालको परिवर्तनपछि स्थापित अर्थ मन्त्रालयमा सचिव भएका उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए । यस्तै सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न देशमा रहेर काम गरेका उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी स्थापना गरे ।

अनि सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेर अध्यक्ष भए । साबिक निर्धन उत्थान बैंक र लुम्बिनी जनरल इन्स्योरेन्समा पनि अध्यक्षको रूपमा काम गरिसकेका उनी हाल हिमालयन बैंकको सञ्चालक समितिमा प्रमुख सल्लाहकार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *