सेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ पाठशालामा मञ्चन

काठमाडौँ । प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँमा मञ्चन गरिएको छ । करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा थापा गाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रस्तुत गरिएको हो ।

नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले निर्देशन गरेका हुन् । नाटकमा अंग्रेजी र नेपाली दुवै भाषामा संवादको सम्मिश्रण रहेको छ । नाटकको केही अंशको नेपालीकरण पनि नाट्य निर्देशक भट्टराईले नै गरेकी हुन् ।

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन् । ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसङ्गलाई देखाइएको छ ।

सेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन् । प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको सम्मिश्रणले एकापसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ ।

यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो । निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतिलाई दर्शकले रुचि राखेकोले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *