चितवनमा २७ माघदेखि पाँचौँ एग्रिटेक इन्टरनेशनल एक्सपो हुँदै

काठमाडौँ । पाँचौँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्सपो २७ माघदेखि तीन दिनसम्म चितवनमा आयोजना हुने भएको छ । कृषि क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले एक्सपो आयोजना गर्न लागेको हो । चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुन लागेको हो ।

स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीका १५० भन्दा बढी स्टलहरु रहने प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तैकुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीले जनाएको छ ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीसँगै नेपाल फुड एन्ड बेभेरेज एक्स्पो पनि आयोजना हुन भएको छ । यस फुड एंड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देशभरबाट आउनु हुने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ ।

प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबर्द्धकका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सह प्रायोजकका रुपमा ल्याण्डफोर्स र जगतजित रहने छन् ।

यस प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थारहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *