रामेछापका गणेश परियारको हत्या भएको भन्दै न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । रामेछापको तामाकोसी गाउँपालिका–५ पयाबोट (धोबी) मा पुस २७ गते मृत भेटिएका गणेश दमाई (परियार)को हत्या भएको भन्दै आज दलित अधिकारकर्मीहरुले काठमाडौँको माइतिघर मण्डलामा प्रदर्शन भएको छ ।

मृत भेटिएका दमाईले आत्महत्या गरेको भनिए पनि उनको हत्या भएको भन्दै उनलाई अधिकारकर्मीहरुले घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

स्थानीय करिब ५० वर्षका प्रदीप तामाङले आफ्नै घरअगाडि बाटोमा निर्मम कुटपिट गरी दमाईको हत्या गरेको आरोप अधिकारर्कीहरुले लगाएका छन् । यस विषयमा सरकारले गम्भीर रूपमा छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

जातीयता र गरिबीका कारण दलित समुदायका व्यक्तिमाथि शृङ्खलाबद्ध आक्रमण, बलात्कार, हिंसा र हत्या भइरहेको भन्दै उनीहरुले यस्तो क्रियाकलाप रोक्न माग गरेका छन् ।

उक्त घटनाले नेपालको संविधान, अन्तर्राष्ट्रिय कानुन, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, महासम्धी, सन्धीको धज्जी उडाउने काम गरेको र राज्य व्यवस्था एवं शान्ति सुरक्षा, विधिको शासन, मानव अधिकार, नागरिक अधिकारमाथि ठूलो चुनौती र प्रश्न चिन्ह खडा गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *