गाेकर्णेश्वरमा निर्माणाधीन बागमती सुधार संरचनाकाे स्थलगत अवलाेकन (तस्बिरसहित)

काठमाडौँ । बागमती नदी सुधार परियोजाअन्तर्गत काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको कान्तिभैरव मन्दिर परिसरमा निर्माण भइरहेको भौतिक संरचनाको बिहीबार स्थलगत अवलोकन गरिएको छ ।

अधिकार सम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको निमन्त्रणामा एसियाली विकास बैंकसहित विभिन्न दातृ निकायका प्रतिनिधि, जर्मनी, फिनल्यान्ड, स्विटजरल्यान्ड र अस्ट्रेलियाका राजदूतलगायतले उक्त निर्माण कार्यको अवलोकन गरेका हुन् ।

एसियाली विकास बैंकको ८८.५ प्रतिशत ‘सफ्ट लोन’(१ प्रतिशत ब्याजको ऋण) र नेपाल सरकारको ११.५ प्रतिशत लगानीमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत यो परियोजनाअन्तर्गका भौतिक संरचना निर्माण भइरहेको हो ।

परियोजना अन्तर्गत गोकर्णेश्वरको कान्तिभैरव उत्तरबाहिनीसहित गोकर्णेश्वर महादेव मन्दिर परिसर र थापाथलीको कालमोचन घाटदेखि बल्खु पुलसम्म बागमती सुधारका लागि आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

उत्तरबाहिनी क्षेत्रमा ११ करोड रुपैयाँ(भ्याटबाहेक)को लगानीमा सन् २०१९ बाट परियोजनाअन्तर्गतका संरचना निर्माणको काम भइरहेको छ । परियोजनाको म्याद यही सन् २०२३ को मार्च महिनामा सकिँदै छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालका अनुसार उत्तरबाहिनी क्षेत्र र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबीच बाँकी रहेको भागमा पनि दायाँबायाँ घाटसहितका भौतिक निर्माण र मन्दिर क्षेत्रमा परियोजनाको गुरुयोजनाबाहेकका नगरिनहुने निर्माणमा सहयोग गरिदिन एडिबीलाई आग्रह गरिएको छ । यसबारे एडीबी सकारात्मक रहेको छ ।

आज परियोजना स्थलमा आएका प्रतिनिधिलाई नगरपालिकाका मेयर रिसाल र उपमेयर सान्नानी लामाले स्वागत गरेका थिए । विदेशी पाहुनालाई प्रवेशद्वारमा ढाकाको टोपी र दोसल्ला ओढाएर स्वागत गरिएको थियो । पाहुनाहरुलाई पञ्चकन्याले माला लगाइदिएका थिए भने उनीहरुको स्वागतमा कान्तिभैरव गुरुकुलका विद्यार्थीले वैदिक वेद उच्चारणसमेत गरेका थिए ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *