आज कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ३४ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १६ पैसा र बिक्री दर १६१ रूपैयाँ ९० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

cu 1
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *