कर्णालीका मुख्यमन्त्री भन्छन्–‘जनताको अवस्था परिवर्तन गर्न सञ्चार जगत लाग्नुपर्छ’

सुर्खेत । देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार जगतले देशको अवस्था परिवर्तनका मुद्दामा अग्रसर हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश कमिटीको आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफू कर्णालीका जनताको कामदार भएको बताउँदै मुख्यमन्त्री शर्माले भने, ‘म कामदार हुँ, म कामदारलाई सही तरिकाले काम दिनुहुने छ, साथै कर्णाली समृद्धिको अभियानमा पत्रकारिता जगतले सहयोग गर्नेछ । अहिलेको माग भनेकै अवस्था परिवर्तनको हो, त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने देखिन्छ। ु

सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *