आरआर अगाडि अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौँ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्रीको पुत्ला जलाइएको हो ।

उनीहरू शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयविरुद्ध आन्दोलित छन् । मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *