लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौँ । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुँदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए ।

उनी केही समयदेखि बिरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् । उनको घरमै निधन भएको हो । ‘लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्’, अध्यक्ष बिजीले भने, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णायक थिएँ । राम्रो प्रतिभा भएको मान्छे थिए ।’

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षति बेहोरेको बताउँछन् । ‘भीम शालीन स्वभावको प्रतिभावान् गायक हुन् । उनको निधनले समग्र लोकदोहोरी क्षेत्रमा अपूरणीय क्षति पुगेको छ’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *